Wednesday, March 15, 2017

यसरी बचाउँछ बेसारले हृदयघातबाट


शुद्ध बेसार पनि एउटा बहुगुणी पदार्थ हो । यसको प्रयोग खानाका साथसाथै शरीरलाई चम्किलो बनाउनका लागि दल्ने समेत गरिन्छ ।


थाइल्याण्डमा गरिएको एक अध्ययनले हृदयका रोगीहरुलाई बेसार एकदमै फाइदायुक्त भएको तथ्य पत्ता लागेको छ । हृदयघात रक्तनली एवम् मुटुको सर्जरी गराएका व्यक्तिहरुलाई हुने सम्भावना बढी रहने गर्दछ । यस्ता व्यक्तिहरुमा रक्तप्रवाह कम हुन गई हृदयको मांशपेशीहरुले काम नगर्न सक्छन् ।
बेसारमा यसविरुद्ध लड्नका लागि भिन्न किसिमको तत्व रहेको तथ्य फेला परेको छ । यसको अनुसन्धान १२१ जना हृदय सर्जरी गराइसकेका व्यक्तिहरुलाई समावेश गरेर गरिएको थियो ।

राम्रो निन्द्राको लागि केही उपयोगी टिप्सहरु...

तपाईं औषधी बिना राम्रो निन्द्रा सुत्न सक्नु हुन्छ । तल दिईएका केही कुराहरुलाई ध्यान दिनु भयो भने तपाईंलाई अबस्य फाईदा हुनेछ ।
सुत्नु अगाडि relax हुने कोशीस गर्नुस् । हल्का walk गर्नुस् अथवा newspaper पढ्नुस् । सके सम्म यस्तो काम गर्नुस् जसले तपाईंलाई तनाब दिदैन ।
आफ्नो कागजी काम वा आफ्नो काम सँग सम्बन्धित कार्यहरु सके सम्म साँझ तिरै सक्याउनुहोस् ।
यो कुराको ध्यान राख्नुस् कि तपाईंको सुत्ने कोठामा धेरै हल्ला नहोस् , नसुनियोस ।
यदी तपाईंको कोठामा धेरै हल्ला हुन्छ भने सके सम्म त्यसलाई हटाउने कोशीस गर्नुस् तर नसक्ने हो भने कानमा earplugs लगाउनुहोस् ।
तपाईंलाई राम्रो निन्द्रा लाग्ने ठाउको बारेमा सोच्नुस् र आफु त्यही भएको कल्पना गर्नुस् । सकिन्छ भने आफ्नो कोठामा त्यो ठाउको माहोल बनाउने कोसिस गर्नुहोस् ।
तपाईंले खाने गरेको औषधीलाई चेक गराउनुहोस् कही त्यो औषधिले तपाईंमानर्भस हुने तत्वको साईड effect त गराइराखेको छैन ।


आफ्नो कोठाको ventilation खुल्ला राख्नुहोस् तर यो याद राख्नुहोस् कि कोठा धेरै चिसो नहोस् ।
धेरै blankets को प्रयोग नगर्नुहोस् , धेरै कम पनि होइन ।
आफ्नो खुट्टाहरुलाई Blanket ले धेरै टाइट हुने गरेर नछोप्नुहोस् , सके सम्म खुट्टाहरुलाई स्वतन्त्र छाडिदिनुहोस् ।
तपाईंको ओछ्यान धेरै नरम तथा लचिलो नहोस् ।
तपाईंको उचाइ अनुसार तपाईंलाई बेडमा स्वतन्त्र सँग सुत्ने ठाउँ होस् यदी तपाईंको उचाइ ६ फीट छ भने सिङगल बेडमा नसुत्नुहोस् ।
तपाईंको पाइजामा वा नाइट ड्रेस धेरै टाइट नहोस् लुज होस् , तपाईंलाई कन्फर्टेबल महसुस होस् ।
आफु सुत्ने तकिया तपाईंलाई कस्तो मन पर्छ नरम वा कडा जुन तपाईंलाई सजिलो र राम्रो लाग्छ त्यही प्रयोग गर्नुहोस् ।
तपाईंलाई सुत्दा खेरी हल्का लाईट मन पर्छ कि अध्यारो त्यो सुनिस्चित गर्नुहोस् ।
एउटै समयमा ७ दिन सम्म उठ्ने कोशीस गर्नुहोस् ।
आफ्नो निन्द्रा खुली सके पछि पनि ओछ्यानमै अल्छि गरी बसी नराख्नुहोस्। निन्द्रा खुली सके पछि आफ्नो नित्यकर्मा शुरु गर्ने थालनी गरी हाल्नुहोस् ।
हरेक दिन हल्का शारिरिक ब्यायाम गर्नुहोस् आफुलाई हल्का थकाई महसुस नभईन्जेल सम्म ।
चुरोट र रक्सी बन्द गर्नुहोस् आफुसुत्ने टाईम भन्दा २ घण्टा अगाडि देखी ।
डिनर गरी सके पछि कफी वा सफ्ट ड्रिन्क नपिउनुहोस् ।
यदी तपाईंलाई सुत्नु अगाडि TV हेर्ने बानी छ भने कोठामा हल्का प्रकाश दिने बत्ती बलेको होस् र TV प्रोग्राम सके सम्म कमेडी खालको वा तपाईंको दिमागलाई तनाब नदिने खालको होस् ।
तपाईंलाई सुत्नु अगाडि किताब पढ्ने बानी छ भने पनि कोठामा हल्का प्रकाश होस् र अली तार्किक बिषय भएकोकिताब पढ्ने गर्नुहोस् ।
आफ्नो साथीहरु सँग साँझ तिर सके सम्म बहस नहोस् भन्ने तिर सतर्क हुनुहोस् , नत्र तपाईंलाई त्यो निन्द्राको लागि बिष जस्तै हुनेछ ।
आफ्नो सुत्ने समय एउटै पार्ने कोशीस गर्नुहोस् ।
डिनर गर्ने बेलामा धेरै नुनिलो खाना नखाने गर्नुहोस् ।
सुत्नु भन्दा अगाडि एक गिलास मन तातो दुध पिउन नबिर्सिनुहोस् । यसले तपाईंलाई निन्द्रा लाग्नमा मद्घत गर्छ ।
२६ आफ्नो पति वा पत्नी लाई सोध्नुहोस् कि तपाईं कुन position मा गहिरो निन्द्रामा सुतेको थियो र सुत्दा खेरी त्यै position मा सुत्ने कोशीस गर्नुहोस् ।
तपाईं ४ या ६ घण्टा मात्र सुत्ने गर्नुहोस् न कि ८ या त्यो भन्दा धेरै ।
३ मिनेट भन्दा धेरै समय खर्च नगर्नुहोस् तपाईंको दिनको प्रोब्लमको बारेमा सोच्न ।
यदी तपाईं लाई एक्लै सुत्दा राम्रो निन्द्रा लाग्छ भने एक्लै नै सुत्ने ब्यबस्था मिलाउनुहोस् ।
बेडमा जानु भन्दा अगाडि मन तातो पानीले नुहाउने गर्नुहोस् ।
नुहाउने पानीमा एक चम्चा baking Soda वा mustard powder हाल्दा राम्रो हुन्छ ।
सुत्नु भन्दा अगाडि खुट्टा राम्रो सँग धुने गर्नुहोस् ।
सुत्नु भन्दा अगाडि मधुर संगीत सुन्ने गर्नुहोस् ।
जब तपाईं बेडमा पल्तिनु हुन्छ आफ्नो जीवनको रमाइलो रमाईलो क्षणको कल्पना गर्नुहोस् ।
बेडमा पल्टि सके पछि आफ्नो शरिरकोहरेक मसलहरुलाई हल्का छाडी दिनुस् कतै कही अप्थ्यारो नहोस् ।
आफ्नो शरीर Relax भएको कल्पना गर्नुहोस् ।
गहिरो सास लिएर आफ्नो मन लाई concentrate गर्ने कोशीस गर्नुहोस्।
यदी यि सबै प्रयास असफल भयो भने भेडाको बथानको कल्पना गरेर भेडा गन्ने कोशीस गर्नुस् ।
यो पनि एउटा राम्रो निन्द्राको औषधी प्रमाणित भएको छ |

पानी पिउँदा विर्सन नहुने ६ कुरा...



पानी शरीरको लागि सबैभन्दा बढि आवश्यक पर्ने तत्व हो । सबै प्रकारका विरामी हुँदा धेरै पानी पिउने सल्लाह चिकित्सकले दिन्छन् ।
विहान उठ्ने वित्तिकै पानी पिउनु स्वास्थ्यका लागि निक्कै राम्रो मानिन्छ तर खाना खाँदा खाँदै विचमा भने पनी नपिउनु नै राम्रो । यस्तै यस्तै धेरै मान्यता छन् पानीको विषयमा । तर पानीका विज्ञहरुको भनाइ भने फरक छ ।


यहाँ पानी पिउँदा ध्यान दिनु पर्ने ६ कुराको विषयमा चर्चा गरिएको छ ।
1. खाना खँदै गर्दा पानी नपिउनुस् : खाना खाइरहेको समयमा पानी पिउने बानी छ भने आजै देखि छोड्नुस् । यसले खान पचाउने ग्यास्ट्रिक जुसलाई हल्का बनाइदिन्छ र पाचनमा समस्या आउँछ । खाना खाएको कम्तिमा १० मिनेटपछि मात्र पानी पिउनुस् ।
2. अधिकतम पानी पिउनुस् : दैनिकरुपमा प्रयाप्त पानी पिउनुस् । पानी पिउँदा शरीरका सबै गतिविधी सामान्यरुपले सञ्चालित हुन्छन् । स्वास्थ्य पनि सामान्य रहन्छ ।
3. जवान हुन्छ त्वचा : पानी पिउँदा हाम्रो त्वचा जवान रहन्छ । यसले हाम्रो अनुहारमा समेत चमक ल्याउँछ । यद्यपी त्वचाको चमक खानपान र बंसजका आधारमा पनि निर्धारण हुन्छ ।
4. बजन घटाउन पानी : पानीले तपाइँको मोटोपन पनि कम गर्न सघाउँछ । पानी पिउँदा शरीरमा बोँसो, क्यालोरी वा कोलेस्ट्रोल केही पनि थपिँदैन । पानीले प्राकृतिकरुपमा भोक मार्ने काम पनि गर्छ ।
5. विकारबाट मुक्ति : विभिन्न प्रकारका विकार जुन खानाको माध्यमबाट हाम्रो शरीरमा जान्छन् । त्यसलाई सफा गर्न पनि प्रयाप्त पानी पिउनु जरुरी छ । विभिन्न रसायनिक प्रतिक्रियाबाट पैदा हुने रसायन कम गर्न पानी उत्तम उपाय हो ।
6. विभिन्नरुपमा पानी :पानी त्यसै पनि पिउन सकिन्छ भने अन्य तरिकाले पनि पिउन सकिन्छ । जस्तै ग्रीन टी, सुप, नारियल पानी या शर्बत । कोक फान्टा होइन पानी पिउनुस् । पानीले शरीरमा भएको अधिक नूनलाई पनि पिसावको माध्यमबाट बाहिर निकाल्छ ।

शाकाहारी बन्नुका १५ फाइदा


1. शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता हुन्छ ।
2. शाकाहारी खाना चाँडै पच्छ ।
3. मष्तिष्कलाई सचेत राख्छ र मानिसलाई बुद्धिमान बनाउँछ ।
4. शाकाहारी भोजनमा प्रोटिन, भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिड, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् । यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ ।


5. शुद्ध शाकाहारी व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
6. स्तन क्यान्सरको खतरा कम हुन्छ ।
7. आयु लम्ब्याईदिन्छ ।
8. उच्च रक्तचाप हुने सम्भावना मांसाहारीको तुलनामा कम हुन्छ ।
9. शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ । पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मिर्गौलासंग संबन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।
10. शरीरको तापक्रम र सन्तुलन बनाई राख्छ ।
11. मांशपेशी बलियो बनाउन, शरीरका मुख्य अंग मिर्गौला, मुटु, फोक्सो, मष्तिष्कलाई निरोगी राख्न एवं विभिन्न समस्या नियन्त्रण गर्न शाकाहारी खाना प्रभावकारी मानिन्छ ।
12. शरीरको वृद्धि गर्न र सन्तुलित राख्न मद्दत गर्छ ।
13. गाढा हरियो रंगको तरकारीमा भिटामिन र खनिज पदार्थ पाइन्छ । जसले सरुवारोग र कमजोरीबाट बचाउछ ।
14. अमेरीकन मेडिकल एसोसिएसनको इन्टरनल मेडिसिन जर्नलमा ७० हजार मानिसमाथि गरिएको अनुसन्धानमा भनिएको छ– ‘मृत्युदर घटाउन शाकाहरी भोजनले बढी सहयोग पु¥याएको देखिन्छ ।
15. मांशाहारीको दाजोमा शाकाहारीलाई कम क्यान्सर हुने देखिएको छ ।

हरेक दिन खान नहुने खानेकुरा


तपाईं हरेक दिन स्वस्थ खाना खानका लागि निकै ध्यान दिनुहुन्छ तर त्यही खानेकुरामा गरिएको सानो गल्तीका कारण तपाईंले चाहे अनुरुपको प्रतिफल पाइराख्न नसक्नु भएको हुनसक्छ । जसले गर्दा तौलमा कमी आउने वा तौल व्यवस्थापन गर्न गाह्रो र समयमा सोचे अनुसारको परिणाम नआउन सक्छ । कहिलेकाहीँ हानिकारक नहुने वा नदेखिने खानाले पनि तपाईंको तौल व्यवस्थापनलाई निकै असर गरिराखेको हुन्छ । जसबारे हामी धेरै अनभिज्ञ हुन्छौं । यी खानाहरु हामीले हरेक दिन खायौं भने यसले हाम्रो तौल व्यवस्थापनमा निकै असर पु¥याउन सक्छ ।

1. दुधः हुनतः दुध एक स्वस्थवर्धक पेय हो तर यसले पनि तौल व्यवस्थापनमा असर गरिराखेको हुन्छ । यदी तपाईं सुत्न अघि, खाना वा खाजामा हरेक दिन दुध खानुहुन्छ भने यसलाई एक महिनाको लागि रोक्नुहोस् । यसले तपाईंलाई तौल घटाउन र अनुहारमा भएका डण्डीफोर हटाउन मद्दत गर्छ ।

2. खानापछि गुलियो खानेकुराः धेरै मानिसहरुलाई खानापछि केही गुलियो खानेकुरा खाने बानी हुन्छ । यो अनावश्यक हो । यदी तपाईं हरेक दिन खानापछि पनि गुलियो खानुहुन्छ भने यसलाई तुरुन्तै रोक्नुहोस् । हप्ताको एक दिन आफूलाई उपहार दिए जसरी खानुभयो भने चाँही यसले त्यति असर गर्दैन ।



3. साँझ भारी खाजाः दिउँसो र रातीको खानाको बीचको समयमा तपाईंलाई कतिको भोक लाग्छ रु हामी मध्ये प्रायः धेरैलाई दिउँसो खाजा मज्जाले खाने बानी छ । समोसा, मोःमोः जस्ता खाजा त हाम्रो प्रिय नै भयो । यसले तपाईंको तौल घटाउन कुनै मद्दत गर्दैन । यसको साटो उच्च प्रोटिन भएका खानेकुरा जस्तै बदामहरु बोक्नुपर्छ जसले गर्दा तपाईं भोकले गर्दा बेहोस् नहुनुहोस् ।

4. आलुः आलुमा बोसो नभए पनि हावार्ड विश्वविद्यालय हालै गरिएको एक अध्ययनले आलुले कालान्तरमा मानिसको तौल बृद्धि गर्ने देखाएको छ । तपाईं घरमा आलु हालेर स्वस्थ तरकारी खानुहुन्छ होला । त्यसमा आलु थपेर अझ स्वादिलो बनाउनुहुन्छ होला । यसले तौल घटाउनेभन्दा तौललाई अझ बढाउने छ ।

5. स्वस्थ स्न्याक : बजारमा स्वस्थ स्न्याक भनेर विभिन्न खानेकुरा पाइन्छ । विज्ञापनमा पनि यिनीहरु असली खाना जतिकै पोषिलो हुने बताइन्छ । तर यस्ता प्रशोधित खानाहरुले पनि तपाईंको तौल वृद्धि गरिरहेको हुन्छ ।

यौनजीवनलाई सुखी बनाउने १० टिप्स


१. यौनसम्पर्कका बेला हरेक कुरालाई गम्भीर रूपले लिने गल्ती नगर्नुहोस्, अन्तरंग पलहरूलाई सधै ख्यालठट्टाको रूपमा लिनुहोस् ।
२. सम्भोगका बेला जोडीको मूडलाई ध्यानमा राख्नुहोस् । यदि जोडीको मुड खराब छ भने आफ्नो माया र स्पर्शले पहिले उसको मुडलाई सही ठाउँमा ल्याउने प्रयास गर्नुहोस् तर सम्भोगका लागि जोडी तयार नहुँदै कर नगर्नुहोस् ।
३. सम्भोगका दौरान जोडीको सन्तुष्टिको ख्याल गर्नुहोस् ।
४. सम्भोगका विषयमा तपाईंं वा जोडीको मनमा केही शंका भएमा पहिले त्यसलाई हटाउनुहोस् र मात्र सम्भोगको सिलसिला अघि बढाउनुहोस् ।


५. यौनजीवनको पर्याप्त आनन्द लिनका लागि तपाईंं शारीरिक रूपमा तन्दुरुस्त हुनु आवश्यक छ । त्यसैले सधैं व्यायाम र सन्तुलित भोजन ग्रहण गरी तन्दुरुस्त रहनुहोस् ।
६. सम्भोगलाई निरन्तरता दिनुहोस् । सम्भोगमा धेरै अन्तराल राख्नु राम्रो होइन ।
७. सम्भोगका बेला पाक्क्रीडामा बढि जोड दिनुहोस् । यसले तपाईंं र तपाईंंको जोडीलाई बढी चरमसुख प्राप्त हुन्छ ।
८. सम्भोगका बेला कम बोल्नुहोस् र आफ्नो जोडीप्रति एकाग्र हुनुहोस् र उनका कुरा पनि सुन्नुहोस् ।
९. सम्भोगका बेला आफ्नो जोडीको प्रशंसा गर्न नभुल्नुहोला ।
१०. सम्भोगका बेला एक–अर्कामा शारीरिक एवं मानसिक रूपले बढी भन्दा बढी नजिक हुने प्रयास गर्नुहोस् ।

कब्जियत रोक्ने ८ घरेलु उपाय


कब्जियत साझा स्वास्थ्य समस्या हो । यसले पेटमा गम्भीर गडबडी भएको संकेत गर्छ । सबै उमेरका मानिसमा देखिने यो रोगबाट विशेषगरी वृद्धवृद्धा पीडित छन् । कतिपय कब्जियतपीडित चिकित्सकको औषधि खाइरहेका छन् भने कतिपय घरेलु उपचारमै निर्भर छन् । विज्ञहरुका अनुसार कब्जियतका लागि घरेलु उपचार अन्य औषधिभन्दा बढी प्रभावकारी हुन्छ । कब्जियतबाट मुक्त हुने आठ तरिका


1. पानी : पानी कब्जियतको सबैभन्दा महत्वपूर्ण र उपयुक्त औषधि हो । बारम्बार प्रशस्त पानी पिएर वा झोलयुक्त खाना खाएर कब्जियत रोगबाट मुक्त हुन सकिन्छ । तर, पानीको नाममा सोडा वा अन्य पेय पदार्थ पिउनु कब्जियतको समाधान होइन । धारा वा कुवाको सफा पानी तताएर वा ‘प्युरिफाई’ गरेर पानी खाँदा कब्जियतको खतरा घट्नुका साथै कब्जियत भइसकेका व्यक्तिलाई पनि धेरै फाइदा गर्छ ।
2. फाइबरयुक्त खाना : हामी शरीरलाई चाहिने खानाको सट्टा अन्य अनावश्यक खानेकुरा खाएर पैसाको हिनामिना गरेका हुन्छौँ । तर, त्यही पैसाबाट पोसिलो र शरीरलाई हित गर्ने स्वस्थकर खानाको बारेमा हेक्का नराख्दा हामीले स्वास्थ्यमा ठूलो मूल्य चुकाइरहेका छाँ । जौ, गहुँ, रोटीजस्ता फाइबरयुक्त खााना पोसिलो मात्र होइन कब्जियतका लागि महत्वपूर्ण औषधि नै साबित भएका छन् ।
3. फलफूल तथा सागसब्जी : ताजा फलफूल तथा सब्जी उच्च पोषणयुक्त मात्र होइन, त्यसमा प्रशस्त फाइबर र तरल पदार्थ हुन्छ । यो हाम्रो समग्र पाचन पक्रियामा फाइदाजनक हुन्छ । तसर्थ, प्रशस्त हरियो सागसब्जी र ताजा फलफूल खाँदा कब्जियतको सम्भावना हँुदैन र भइसकेको कब्जियत पनि निको हुन्छ ।
4. गेडागुडी : भिटामिन र प्रोटिनयुक्त गेडागुडी र बिउबिजनको नियमित उपभोगले कब्जियतलाई स्वभाविक रुपमै अन्य गरिदिन्छ ।
5. तेल : जैतुनको गेडा, सब्जीको रस, भटमासको तेल, तिलको गेडा पनि कब्जियत
6. उपचारमा प्रयोग हुन्छ । यी खाद्य पदार्थमा निकै न्यून मात्रामा चिल्लो पदार्थ हुनुका साथै आन्द्रालाई चिप्लो बनाई पेटको उकुसमुकुस र डम्म हुनबाट रोकिदिन्छ ।
7. उखुको जुस, खुदो र मह : कब्जियतका लागि उखुको जुस, खुदो र मह अचुक औषधि हुन् । उखुको जुसमा आवश्यकताअनुसार मह मिसाएर खाँदा यसले राम्रो औषधिको काम गर्छ ।
8. अंगुर र कागती : उच्च साइट्रस एसिडयुक्त अंगुर र कागतीले आन्द्राको फोहोरलाई सजिलै मलद्वारमार्फत निष्कासन गरिदिन्छ । थोरै मात्र अंगुर र कागती जुसले पनि यो समस्यालाई तत्कालै समाधान गरिदिन्छ ।
9. व्यायाम : विज्ञहरुका अनुसार उठबसलगायतको शारीरिक व्यायाय पनि आन्द्रामा रहेको स्टुल फाल्नका लागि उपयुक्त तरिका हो ।

जिब्रो वाटै थाहा पाउन सकिन्छ जिउको रोग


पेट दुखेको होस् वा टाउको अथवा अन्य कुनै रोगको उपचारका लागि डाक्टरकहाँ जाँदा डाक्टरले चेकजाँचका क्रममा मुख आँ‘ गर्न लगाएर जिब्रो बाहिर निकाल्न लगाएर टर्च वालि बालि हेर्ने गरेको हामी सबैमा अनुभव छ ।
पेट दुखेर जँचाउन गएको बेला डाक्टरले किन जिब्रो हेरेका होलान् ? भन्ने प्रश्न सहजै हाम्रो मनमा उठ्ने गर्छ । जिब्रोको मुख्य काम स्वाद थाहा पाउने हो । स्वाद थाहा पाउने मात्रै नभएर जिब्रोले विभिन्न स्वास्थ्य समस्याको बारेमा जानकारी समेत दिन्छ । जिब्रोको अवस्था हेरेर जिउमा भएका केही रोग तथा स्वास्थ्य समस्या थाहा पाउन सकिन्छ ।


खोकी, ज्वरो, जण्डिस, टाउको तथा पेट दुख्ने जस्ता समस्याहरु जिब्रोको अवस्था हेरेरै पत्ता लगाउन सकिन्छ भने र जिब्रोको अवस्थाले डाक्टरहरुलाई रोग पत्ता लगाउन सहयोग पूराउँछ ।
स्वस्थ मानिसको स्वस्थ जिब्रोको रङ गुलाबी हुनुका साथै जिब्रो सफा तथा स(साना स्वाद टुसाहरु प्यापिली ले भरिएको हुन्छ ।
डढेको जस्तो, रातो, कालो वा सेतो रंगको जिब्रो हुनु मुखमा ढुसी वा ब्याक्टेरियाको संक्रमण भएको लक्षणको रुपमा लिइन्छ भने एलर्जीका कारण जिब्रो सुन्निएको हुन्छ ।
लामो समयसम्म एन्टिबायोटिक औषधि सेवन गरेका मानिसहरु तथा एचआइभी संक्रमित मानिसहरु जसको मुखमा ढुर्सीको संक्रमण भएको हुन्छ उनीहरुको जिब्रो कालो तथा रंगहीन हुन्छ ।
जिब्रोको सतहमा लामो गहिरो धर्साहरु हुनु भिरिंगी जस्ता यौन संक्रामक रोगको लक्षण हुनसक्ने विज्ञहरुको भनाइ छ ।
जिब्रोमा घाउहरु हुनु पेटको जटिल रोग ‘क्रोहन डिजिज’को लक्षण हो ।
स्वाद कोशिका कम भएको चिल्लो जिब्रो ले सरीरमा भिटामिन बी १२, फलाम तत्व तथा फोलेट कम भएको र रक्तअल्पताको संकेत गर्छ ।
बेलायतको क्यान्सर रिसर्च संस्थाका अनुसार जिब्रोमा जिब्रोमा गाँठागुठी हुनु तथा जिब्रोबाट धेरै रगत आउनु मुखको क्यान्सरको लक्षण हुनसक्छ ।

अन्डाको सेतो भागका फाइदा के के छन् त ?


कोलेस्ट्रोलको मात्रा शून्य – अन्डाको सेतो भागमा कोलेस्ट्रोलको मात्रा हुँदैन । एउटा अन्डामा हुने १८० मिलिग्राम कोलेस्ट्रोल पहेँलो भागमा मात्रै हुन्छ । मधुमेहका रोगीले अन्डाको सेतो भाग मात्रै खानु लाभदायी हुन्छ ।


आवश्यक प्रोटिन अन्डाको सेतो भागमा प्रोटिनको मात्रा पर्याप्त हुन्छ । एउटा अन्डाको सेतो भागमा चार मिलिग्राम प्रोटिन हुन्छ । सेतो भाग सेवन गरिसकेपछि कोलेस्ट्रोल हुने पहेँलो भाग खानुपर्ने आवश्यकता पर्दैन । सेतो भागमा अमिलो एसिडको मात्रासमेत प्राप्त हुने भएकाले शरीरको मांसपेशीलाई सन्तुलित बनाउन मद्दत गर्छ ।
न्यून क्यालोरी – अन्डाको सेतो भागमा क्यालोरीको मात्रा कम हुन्छ । सैले ब्रेकफास्टका लागि सेतो भाग उत्तम हुन्छ । एक अन्डामा झन्डै ७० क्यालोरी हुन्छ । जसमध्ये सेतो भागमा आधाभन्दा पनि कम हुन्छ । तर, तपाईं तौल घटाउन डाइटिङ प्रक्रियामा हुनुहुन्छ भने पूरै अन्डा खाए पनि खराब गर्दैन ।
बोसोरहित – अन्डाको सेतो भागमा बोसोको मात्रा निकै कम हुन्छ । यसमा जम्मा पाँच मिलिग्राम फ्याट हुन्छ ।
उचित खनिज – अन्डाको सेतो भागमा खनिजको मात्रा भरपूर हुन्छ । यसमा पोटासियम, सेलेनियम, फोलेट, क्याल्सियम, फस्फोरसको उचित मात्रा हुन्छ । अन्डाको सेतो भाग मात्रै खानाले ब्लडप्रेसर नियन्त्रण गर्नुका साथै शरीर स्वस्थ रहन्छ ।

काँचो खानेकुरा खानुका ६ फाइदा


खानेकुरा काँचो मीठो हुँदैन । तर, यसको लाभ भने छ । त्यसैले आजभोली दिनहुँ काँचो खानेकुरा लोकप्रिय भएको पाइन्छ । जाडो सयमा त्यति काँचोकचिलो नखाए पनि गर्मी मौसम भने यस्तो खानेकुराका लागि उपर्युक्त समय मानिन्छ । गर्मी मौसममा फलफुल र सागसब्जी पनि पर्यापत पाइन्छन् । काँचो खानेकुरा खाँदा राम्रो तर खानुअघि राम्ररी पखाल्ने वा प्रशोधनका अन्य उपाय अवलम्बन भने गर्नुपर्छ ।



1. क्यान्सर घटाउँछ : दैनिक भोजनमा फलफुल र सागसब्जी जस्ता धेरै भन्दा धेरै काँचो खानेकुरा मिसाएर खाने बानीले क्यान्सरको खतराबाट जोगाउँछ । काँचो खानेकुरामा प्रशस्त भिटामिन, खनिज, एन्टिअक्सिडियन्ट र पकाइएका खानाको तुलनमा बढी हुन्छ । किनकि पकाएको खानेकुरामा कार्सिनोजेन नामक तत्व हुने भएकोले पकाएको खानेकुराबाट विभिन्न प्रकारका क्यान्सर हुने खतरा हुन्छ ।

2. प्राकृतिक इन्जाइम प्राप्त हुन्छ : काँचो खानेकुरा विभिन्न प्रकारका प्रोटिनको महत्वपूर्ण स्रोत हो, जसले पाचन प्रक्रिया सहज गर्ने, कोलेस्ट्रोल ठीक्क राख्ने र कब्जियतबाट बचाउँछ । यस बाहेक मेटाबोलिज्मलाई तीब्रता दिन पनि यसले सहयोग गर्छ र तौल घटाउँछ ।
3. सुगरप्रतिको मोह घटाउछ : यदि तपाई चिनिप्रतिको मोह नियन्त्रण गर्न सक्नु भएको छैन भने कच्चा खानेकुराले तपाईको समस्या समाधान गर्छ । फलफूल चिनी र ऊर्जा प्रदान गर्ने अन्य पोषणको स्वभाविक प्राकृतिक स्रोत हो ।

4. फ्याट र क्यालोरि थोरै हुन्छ : फलफुल तथा सागसब्जीमा फ्याट र क्यालोरिको मात्रा प्राकृतिक दृष्टिले नै न्यून हुन्छ । कतिपय फलफुलमा त फ्याट नै हुँदैन । तपाई आफ्नो तौल बढेर हैरान हुनुहुन्छ वा मोटोपनबाट मुक्त हुन चाहनुहुन्छ भने निश्चय नै काँचो फलफूल र सागसब्जी सहयोगी सिद्ध हुन सक्छ ।

5. वातावरण मैत्री : वातावरणलाई संरक्षण गर्न चाहनुहुन्छ रु हरेक दिन धेरै भन्दा धेरै कच्चा खानेकुरा खानुहोस् । कच्चा खानेकुराले थोरै मात्रामा कार्वनडाइअक्साईड उत्सर्जन गर्छ । त्यसलाई पकाउन तपाईलाई ऊर्जा आवश्यकता पर्दैन । कच्चा खानेकुरलाई प्याक गर्न वा वोतलमा राख्न पर्दैन । यसले प्रदूषण वा फोहरलाई रोक्न पनि सहयोग गर्छ ।

6. स्वादिलो हुन्छ : काँचो खानेकुरा कसलाई पो मन पर्दैरन र ? बदाम, केरा, किवी फल, सुन्तला, स्याउ, चेरी, स्ट्राबेरी, व्लुबेरी, गाजर, मुला, आप, भुईकटहर, एभोकाडो लगायतका अन्य फलफुल र सागसब्जी निकै स्वादिला हुन्छन् । यसलाई अझै स्वाद थप्न घिउ, मसला, नुन, चिनी जस्तो पकाउँदा प्रयोग गरिने चिज मिसाउनु पर्दैन । अर्थात बढि मेहनत गर्नु पर्दैन ।

तपाईले थाहा नपाएका बन्दा खाँदाका रहस्यमय फाईदाहरु


प्रायजसोको भान्सामा बन्दालाई सलाददेखि तरकारीसम्मको लागि प्रयोग गरिन्छ । तर धेरैलाई थाहा नहुन सक्छ बन्दा खानाले के फाईदा गर्छ भनेर । बन्दा नियमीत रुपमा खानाले निम्न फाईदा पाउन सकिन्छ । बन्दालाई पकाएर भन्दा काँचै खाँदा लाभदायक हुन्छ । पकाएर खाँदा यसमा भएका पोषकतत्व नष्ट हुनाले यसलाई सलादको रुपमा प्रयोग गर्दा धेरै फाइदाजनक हुन्छ । बन्दालाई काटेर तरकारी, दाल, सब्जी वा अन्य तयारी खानामा मिसाएर खान सकिन्छ । बन्दामा थोरै पानी मिसाएर राम्रोसँग पिसेर यसको जुस निकालेर खादा पनि फाईदा हुन्छ ।

बन्दाबाट खनिज र भिटामिनयुक्त पाइन सकिनेः
भिटामिन सी, पोटासियम र म्याग्नेसियमको महत्वपूर्ण स्रोत बन्दामा पाईन्छ । बन्दामा हरियो र पहेँलो फलमा हुने एक प्रकारको पोषक तत्व हुन्छ, जुन हाम्रो शरिरमा पुगेपछि भिटामिन ए मा परिवर्तन हुन्छ ।

शरीरको तौल घटाउन मद्धत गर्छः
तौल घटाउनका लागि बन्दा एउटा महत्वपूर्ण औषधी हो । बन्दामा हुने फाइबरले पाचन प्रणालीलाई स्वस्थ मात्र नबनाई यसले शरिरलाई सन्तुष्टि पनि बनाई शरीरको तौल पनि घट्छ ।


कोलेस्ट्रोल घटाउन मद्धत गर्छ :
विभिन्न अध्ययनले दैनिक रुपमा बन्दा खानाले कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग पुराईरहेको हुन्छ । बन्दाले राम्रो कोलेस्ट्रोलको मात्रा (एचडीएल) बढाउने र खराब कोलेस्ट्रोल (एलडीएल) घटाउने गर्छ । यससँगै बन्दाको जुसले मुटुको धमनीमा रगत बाक्लो हुने समस्याबाट समेत मुक्त गराउँछ । यसले मुटुको रोगबाट मुक्त गराउँछ ।

क्यान्सरको खतरा कमः
बन्दा नियमीत खानाले शरिरबाट उत्तेजक मेटाबोलिजमलाई बाहिर फाल्न सहयोग गर्नुका साथै कोलेस्ट्रोलको उचित उपयोग गरी क्यान्सर हुनबाट मुक्त गर्छ । बन्दामा एन्डिअक्सिडियन्ट भएकोले क्यान्सर र अन्य रोगबाट मुक्त गर्न सहयोग गर्छ ।

दृष्टिमा सुधार ल्याउँछः
बन्दामा पाइने स्यान्थोपीले हाम्रो आँखालाई स्वस्थ राख्न उपयोगी हुनुका साथै बुढेसकालमा आखा कमजोर हुने समस्याबाट बचाउँछ । यसमा हुने भिटामिन ए आँखाका लागि निकै लाभदायक सावित भएको छ ।

शरीरमा पानीको मात्रा कम भएर लाग्ने १० प्रकारका रोगहरु


बैज्ञानिकहरु भन्छन् –‘शरीशरीरमा पानीको मात्रा कम भएर लाग्ने १० प्रकारका रोगहरु रमा हुने पानीको मात्रा (६० प्रतिशत)को केवल १.५ प्रतिशत कम हुँदा पनि शरीरमा सुख्खा हुने अर्थात ‘डिहाइड्रेसन’को असर देखा पर्न थाल्दछ ।’ ‘डिहाइड्रेसन’ धेरै कारणले हुने गर्दछ र तपाईँलाई तिर्खा लाग्नुको अलावा अरुपनि थुप्रै असर शरीरमा परिरहेको हुन्छ ।


डिहाइड्रेसनका असरहरु
सास गन्हाउने : हाम्रो व्यस्त जीवनमा पानी पिउन हामीले भुलिरहेका हुन्छौँ । कामको दौरान तपाईँले बोल्दा जब तपाईँका सहकर्मीहरु परपर सर्छन अनि मात्रै तपाईँलाइ महसुस हुन्छ कि तपाईँले पानी पिउनु भएको छैन र तपाईँको सास गन्हाई रहेको हुन्छ ।
शारीरिक क्षमतामा कमी : शरीरमा पानीको मात्रा कम हुँनासाथ तपाईँको शारीरिक क्षमतामा कमी आउँछ । शरीरमा पानीको मात्रा केवल २ प्रतिशत कम हुँदा मात्रै शरीरको क्षमता १० प्रतिशतले घट्छ ।
सुख्खा छाला : छालालाई स्वस्थ, तन्दुरुस्त र चमकदार राख्नको लागि प्रसस्त पानी पिउनु एकदमै जरुरी हुन्छ । यतिमात्रै होइन छालाबाट पानी बाहिर जान नदिन छालामा मोइस्चराइजरको प्रयोग गर्नुपनि उत्तिकै जरुरी हुन्छ।
ड्राइभिङ क्षमतामा असर : फिजियोलोजी एण्ड विह्याभियर नामक जर्नल प्रकाशित गरिएको एक अनुसन्धान पत्रले शरीरमा पानीको मात्रा कम हुँदा ड्राइभिङमा पूर्ण रुपमा ध्यान दिन नसकी ड्राइभिङ क्षमतामा ह्रास आउने देखाएको छ ।
थकान : शरीरमा पानीको मात्रा कम हुदा रक्तचाप घट्छ, मुटुको धड्कन बढ्छ र मस्तिष्कमा रगत प्रवाह घट्छ । यी सबैले शरीरलाई थकित बनाउँछ । त्यतिमात्र नभई पानीको मात्रा कम हुँदा शरीरका मसल्सहरु पनि थकित हुने गर्छ ।
खराब मुड : शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने , रिसाउने , अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।
शरीर चिसो बनाउछ :  रगतमा हुने पानीले शरीरमा तातोपना कायम राखिराख्न र तापक्रम मिलाएर राख्न मद्धत गर्छ । पानीको मात्रा कम हुँदा तातोपानी बाहिर जाने हुँदा शरीर चिसो हुन्छ ।
आँखा धमिलो हुने र तिर्मिराउने : पानीको मात्रा कम हुँदा मासंपेशीमा मात्र नभई मस्तिस्कमा पनि रक्तसञ्चार कम हुन्छ । जसले गर्दा आँखाको दृष्टि धमिलो हुने तथा तिर्मिरयाउने तथा काम गर्ने क्षमतामा ह्रास आउछ ।
टाउको दुखाई : चिकित्सकहरुका अनुसार पानीको मात्रा शरीरमा कम हुँदा सेरोटोनिनको मात्रा परिवर्तन हुन्छ । जसले टाउको दुख्ने गर्छ । त्यसैले अब जब जब टाउको दुख्छ एक दुई गिलास पानी पिउनुस सम्भवत टाउको दुखाई हराएर जान्छ ।
कब्जियत गराउछ : आन्द्रामा पचेका खानाहरु पास हुन शरीरमा पानीको जरुरी हुन्छ । तपाईँले यदि कम पानी पिउनु भएको छ भने आन्द्रामा भएका बस्तुबाट पानी शरीरमा तानिन्छ र पचेको खानामा कडा हुन्छ । जसले गर्दा कब्जियत गराउछ ।

अनारले लाग्नै दिन्नँ यी १० रोग


– दिनहुँ अनार खानाले रक्त सञ्चालन राम्रोसँग हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ ।
– अनार आइरनयुक्त भएकाले रक्त अल्पता भएका बिरामीका लागि यो लाभदायक हुन्छ ।
– अनार खाने गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ ।
– अनार खानाले पाचन क्षमता बलियो हुन्छ । साथै, नसाहरू पनि सुचारु रहन्छ ।
– बेलाबेलामा अनार खाइरहनेको छाला चम्किलो हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई दाँतसम्बन्धी समस्या कम हुन्छ ।
– गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन जान्छ ।
– बुढ्यौलीमा बिर्सिने समस्या भएकाहरूलाई अनार खान दिए राम्रो हुन्छ ।

सफल हुन चाहनु हुन्छ भने आजै छोड्नुस यो बानि



प्रशंसाबाट जोगिऔँ
प्रशंसा असाध्यै महत्वपूर्ण कुरा हो । प्रशंसाले ऊर्जा प्रदान गर्छ । तर, उच्च सफलताका लागि प्रशंसा बाधक पनि बन्न सक्छ । किनकि जब आफ्नो कामको प्रशंसा मात्रै भइरहन्छ भने गल्ती महसुस कहिले गर्ने रु प्रशंसा त्यस्तो मान्छेल गरिरहेका हुन्छन्, कि त ती केही फुत्काउन खोज्दैछन् वा उनीहरु गल्ती औंल्याइदिएर झन् बढी सफलता हासिल नगरोस् भन्ने चाहन्छन् । तपाईँको शुभचिन्तकले सदा गल्तीबाट तपाईँको प्रशंसा सुरु गर्छ । प्रशंसा गर्ने मान्छे हेरेर मात्रै आफूलाई त्यसका लागि लायक ठह¥याउनुपर्छ । प्रशंसाबाट ऊर्जा लिने गर्नुपर्छ तर आफैले भने आफ्नो निन्दा गर्नुपर्छ । आफू गजब छु भनेर पुलकित हुँदा सफलताको बाटो तय गर्न सकिदैन ।


जरुरी बुझ्न जरुरी
हामीले जीवनमा ठूलो गल्ती यहीँनेर गर्छौं । आफ्नो तत्कालिन जरुरीलाई वास्ता गरिरहेका हुँदैनौँ । दिमागलाई आफ्नो सबैभन्दा जरुरी कुरालाई सूचिकृत गर्ने बानी बसाइएन भने यसले पनि कुन जरुरी र कुन जरुरी होइन भन्ने कुरा नोट गर्न छाड्छ । जस्तो आफूलाई कुनै काम गर्न मन लागेको छ भने साथीभाईले भोलि गर्दा हुन्छ भन्लान् । हामी मानिदिन्छौं । बिस्तारै यो बानी लाग्छ । यही बानी सफलताको बाधक हुन्छ । दिमाग अरुको अनुसार घुमाउने होइन, सञ्चालन गर्नुपर्छ ।

दुःख लाग्यो, रुनुहोस्
रुनुलाई कमजोरीका रुपमा लिइन्छ । भनिन्छ, कमलो मन छ । मनलाई कमलो नै रहन दिनुपर्छ । जब मन कठोर बनाउन थालिन्छ, त्यसपछि मन संवेदनशिल हुनै छाडिदिन्छ । दुःख लाग्छ, धरधरी रोए हुन्छ । खुशी लाग्छ, मन खोलेर हाँसिदिए हुन्छ । यीनै साना साना कुरामा सफलता अडिएको हुन्छ । तर, आफना् दुःख अरु समक्ष पोखेर रुने गर्नुहुँदैन । आफूलाई परेको दुःख बाँड्न जरुरी छ । तर, त्यसलाई फेस गर्ने हिम्मत पनि रहेको जानकारी अरुलाई दिनुपर्छ । त्यसो भयो भने मात्रै दुःखमा साथ दिन्छन् र सफलता हासिल हुन्छ ।

नदबाउँ आफ्ना इच्छा
आफ्नो इच्छा मारेर अरुलाई खुशी राख्न खोज्ने परोपकारी हो । तर, सफलताका लागि सुरुमा स्वयंको उपकार जरुरी छ । त्यसैले आफ्ना इच्छा नमारीकन अरुको समेत उपकार गर्ने बानीको विकास गर्नुपर्छ । धेरैले यहीँनेर गल्ती गरिरहेका हुन्छन्, आफ्नो इच्छा मारेर अरुलाई खुशी पार्ने । यसले एक लेभलको सन्तुष्टि त दिन्छ तर अरुकै सन्तुष्टिमा खुशी हुने बानी पर्न थाल्यो भने आफू सन्तुष्ट हुने उपाय खोज्न सकिदैन । यसले सफलतामा भाँजो हाल्छ ।

असफलता पचाऔँ
सफलता सधैँ हात लाग्दैन । असफलता त पाइलैपिच्छे भेटिन्छ । असफलता नै धेरै समय आफूसँग रहन्छ भने किन यो देखि डराउने रु त्यसैले असफलतासँग डराएर दिमागमा यसलाई हावी हुन दिने होइन, सानो असफलता आइलाग्दा आफूले कुनै बेला प्राप्त गरेको सफलता सम्झिएर त्यसलाई पचाउने प्रयास गर्नुपर्छ ।-

क्यान्सरबाट जोगिन के खाने, के नखाने ?


के खाने ?
ब्रोकाउली : काउली परिवारका सबै तरकारीमा क्यान्सरनिरोधी गुण बढी पाइने गरे पनि ब्रोकाउलीमा यसको मात्रा सबैभन्दा उच्च हुन्छ। ब्रोकाउलीमा सल्फोराफेनको मात्रा अधिक हुन्छ, जसले क्यान्सर लगाउने, ट्युमर बढाउने शरीरभित्रका रसायनलाई निस्तेज गर्ने गर्छ । ब्रोकाउली खाइरहने गर्नाले स्तन, कलेजो, फोक्सो, प्रोस्टेट, छाला, पेट लगायतका क्यान्सर हुने जोखिम कम हुन्छ ।
मसिना फलफूल : स्ट्रबेरी, किम्बु, काफलजस्ता मसिना आकारका फलफूलमा क्यान्सरविरुद्ध लड्ने फाइट्रोन्युट्रियन्ट्स तत्व प्रशस्त हुन्छ, जसले शरीरका अंग विशेषमा क्यान्सरका कोषिकाहरूको विकास र विस्तारलाई रोक्ने काम गर्छ । साथै, रक्तकोषिका तथा धमनीमा क्यान्सरमुखी रसायनको विकासलाई पनि यसले कम गरिदिन्छ । यस्ता फलफूल खाइरहने गर्नाले आमाशय, मुख र छालाको क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।



गोलभेँडा : गोलभेँडामा पाइने क्यारोटेनोइड नामक तत्वले यसलाई रातो बनाउँछ । यही तत्वले गर्भाशयमा हुने क्यान्सरका कोषिकाहरूको विकासलाई रोकिदिने गर्छ । यसले फोक्सो, प्रोस्टेट र पेटको क्यान्सरको जोखिम पनि कम गरिदिन्छ ।
ओखर : ओखरमा पाइने फाइटोस्टेरोल्स नामक तत्वले स्तनमा क्यान्सर गराउने कोषिकाको विकास अवरुद्ध गरिदिन्छ । ओखरले प्रोस्टेट क्यान्सर लाग्ने जोखिम पनि घटाउँछ ।
लसुन : लसुनमा पाइने फाइटो केमिकलले क्यान्सरविरुद्ध लड्ने क्षमता दिलाउँछ । आइवा वुमन्स हेल्थ स्टडीले गरेको एउटा अनुसन्धानले बढी लसुन खाने महिलालाई पाठेघरसम्बन्धी क्यान्सर हुने जोखिम कम लसुन खाने महिलाको भन्दा ५० प्रतिशत कम हुने पत्ता लगाएको थियो । लसुनले स्तन र पेटको क्यान्सर लाग्ने सम्भावना पनि कम गराउँछ ।
सिमी : सिमीजस्ता गेडागुडी खाँदा शरीरमा फ्याट्टी एसिड उत्पादन बढी हुन्छ, जसले मानिसलाई क्यान्सर रोगबाट बचाउँछ । यस्ता गेडागुडी खाइरहने गर्नाले स्तन र पाठेघरसम्बन्धी क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।
सलाद : सलाद खाँदा गाढा हरियो रङका तरकारीको सलाद खानु क्यान्सरको जोखिम हटाउने दृष्टिकोणले बढी लाभदायक हुन्छ । गाढा हरियो तरकारीमा क्लोरोफिलको मात्रा बढी हुन्छ र यस्ता तरकारी खाँदा शरीरमा म्याग्नेसियमको आपूर्ति बढ्न जान्छ । म्याग्नेसियमले क्यान्सरका जीवाणुलाई कमजोर पार्ने र नयाँ स्वस्थ कोषिकाको विकासका लागि अनुकूल वातावरण बनाउने गर्छ ।
बढी खानु हानिकारक
बोसोयुक्त मासु  : बोसोयुक्त मासु र जनावरको बोसो हालेर बनाइएको चिज, बटरजस्ता खाना भरिसक्के खानु हुँदैन । यस्ता खानाले क्यान्सर हुने जोखिम बढाउँछन् । मासुको सट्टा माछा खानु उपयुक्त हुन्छ ।
रक्सी : रक्सीको लत लागेको छ भने दुई पेगभन्दा बढ्ता नखाने गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । बढी रक्सी खाने गर्नाले मुख, पाठेघर र स्तनसम्बन्धी क्यान्सर हुने जोखिम बढी हुन्छ ।
तारेको खानेकुरा : तारेको खानेकुरा बढी खाइयो भने शरीरमा एक्रिलामाइड नामक तत्वको सञ्चय बढ्छ, जसले पुरुषमा सन्तान उत्पादन गर्ने क्षमता कम गरिदिनेदेखि क्यान्सर लगाउनेसम्मको जोखिम बढाउँछ । उसिनेको खानामा एक्रिलामाइड तत्व कम हुन्छ । त्यसैले उसिनेको परिकार लाभदायक हुन्छ ।
रातो मासु : सुंगुर र खसीको फलमासु खान मज्जा आउँछ । तर, यस्तो रातो मासु बढी खाने गर्नाले क्यान्सर लाग्ने जोखिम बढी हुन्छ । बार्बिक्यू गरिएका मासु र ससेजजस्ता मांस परिकार बढी खाने गर्नाले पनि क्यान्सरको जोखिम बढी हुन्छ । रातो मासु दिनमा १ सय ४० ग्रामभन्दा बढी खानु हुँदैन ।
नुन : दिनमा छ ग्रामभन्दा बढी नुन खानु हुँदैन । नुन बढी खाने गर्नाले उच्च रक्तचाप र हृदयाघातको मात्र नभई क्यान्सरको जोखिम पनि बढी हुन्छ ।

हर्टअट्याकका १० कारण


1. धुम्रपान वा सूर्ति सेवन
2. उच्च कोलेस्टेरोल
3. मधुमेह
4. उच्च रक्तचाप
5. अत्याधिक मदिरा सेवन
6. शारीरिक गतिबिधिमा कमी
7. मोटोपना
8. वंशाणुगत
9. मानसिक तनाव
10. बढी नुनीलो, चिल्लो र गुलियो खानु

उँखुको जुसका यस्ता फाइदाः


तत्काल उर्जाः उँखुको जुसमा उच्च मात्रामा ग्लुकोज हुन्छ जुन् शरीरलाई हरपल आवश्यक पर्छ । उँखुको जुस खाँदा तत्काल शरीर उर्जाशील हुन्छ ।
क्यान्सरबाट बचाउँछः उँखुको रसमा क्याल्सियम, क्रोमियम, कोबाल्ट, म्याग्नेसियम, फस्पोरस, पोटासियम एवं जिंक जस्ता खनिज हुन्छ । यि तत्वले प्रोस्टेट र स्तन क्यान्सरबाट बचाउँछ ।
डण्डीफोरबाट मुक्तिः उँखुको रसबाट छालालाई आवश्यक पर्ने अल्फा हाइड्राक्सी एसिड प्रयाप्त हुन्छ । जसले छालामा आउने डण्डीफोर लगायतका समस्याबाट मुक्ति मिल्छ ।
मृगौलालाई फाइदाः उँखुको रसमा प्रशस्सत प्रोटिन हुन्छ । यसलाई नरिवलको पानीमा मिलाएर पिउँदा युरिन इन्फेक्सन् एसिडिटी वा पत्थरी लगायतका समस्याबाट मुक्ति पाउन सकिन्छ ।
रोग प्रतिरोधी क्षमता बढ्छः उँखुको रसमा एंटीऑक्सीडेंट्सको मात्रा उच्च हुन्छ जसले शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धी हुन्छ ।


पाचन प्रणालीमा सुधारः उँखुको रसमा हुने पोटासियमले पाँचन प्रणाली पनि राम्रो हुन्छ ।
दाँत बलियो हुन्छः उँखुको रसमा खनिजको मात्रा उच्च हुन्छ जसले हाड र दाँत बलियो बनाउँछ । यसले दाँतलाई चम्किलो बनाइदिन्छ ।
नङमा चमकः उँखुको रसको सेवनले नङलाई पनि सुन्दर बनाउँछ । यसले नङमा हुने दाग धब्बा हटाउन सघाउँछ ।
त्वचा जवान हुन्छः उँखुको रसमा हुने खनिजको मात्राले शरीरमा उर्जा कायम राख्छ र यसले छालालाई जवान देखाउन पनि सहयोग गर्छ । उँखुको रसले छालामा आवश्यक पर्ने नुनको मात्रा कायम राख्ने हुँदा छाला जवान हुन्छ
ज्वरोबाट मुक्तिः उँखुको रसमा प्रोटिनको मात्रा उच्च हुन्छ । यसले प्रोटिनको कमीबाट आउने ज्वरोबाट पनि बचाउँछ।

मधुमेहका रोगीले खानैपर्ने नौ खानेकुरा


रगतमा चिनीको मात्रा बढी हुने भएकाले मधुमेहका रोगीले जे पायो त्यही खानेकुरा खान हुँदैन । यो एक दीर्घ रोग भएकाले रोगीले खाना खाँदा निक्कै होस पुर्याएर खानुपर्छ । यसका साथै यस्ता रोगीले सीमित खानेकुराहरु नियमित र ठिक्क मात्रामा खान आवश्यक छ । यहाँ हामी तपाईलाई यस्ता खानेकुराको बारेमा जानकारी दिँदैछौं जुन मधुमेह नियन्त्रणका लागि खान आवश्यक छ ।
स्याउ : भनिन्छ दिनको एउटा स्याउले डाक्टरलाई टाढा राख्छ : विशेषगरी कार्डियोलोजिष्ट । सन २०१२ मा ओहियो स्टेट युनिभर्सिटीले प्रकाशित गरेको जर्नलमा चार हप्तासम्म् दिनमा एउटा स्याउ सेवन गर्नाले नराम्रो कोलेस्ट्रोललाई ४० प्रतिशतले घटाउने गर्छ । कोलेस्ट्रोल एउटा यस्तो तत्व हो जसले मुटु रोगलाई मद्दत गर्छ । यसका साथै स्याउमा मधुमेह कम गर्ने तत्व पनि पाईन्छ । हाभार्ड स्कुल अफ पब्लिक हेल्थले दुई लाख मानिसहरुको स्वास्थ्यस्थिती जाँच गर्दा हप्तामा ५ वा सो भन्दा बढी स्याउ खाने मानिसमा मधुमेहको खतरा २३ प्रतिशतले कम हुने जनाएको छ ।


कुरिलो :  स्वादका दृष्टिकोणले मात्र हेर्ने हो भने पनि कुरिलो धेरैजासो मानिसको मन पर्ने तरकारी हो । के तपाईलाई थाहा छ कुरिलोमा ५ ग्राम कार्बोहाइड्रेट, २० प्रतिशत क्यालोरी र करिब २ ग्राम फाइृबर पाईन्छ । यसमा बिशेषगरी ग्लुताथायन नामक एन्टिअक्सिडेन्ट पाईने भएकालदे यसले बुढ्यौलीको असरलाई फिक्का बनाउने गर्दछ भने विभिन्न रोगबाट मुक्त गराउँछ । जस्तै मधुमेह, मुटुरोग र क्यान्सर । सन २०१२ मा ब्रिटिश जर्नल अफ न्यूट्रिसनले गरेको एक अनुसन्धानका अनुसार कुरिलोले रगतमा चिनीको मात्रालाई राम्रो अवस्थामा राख्ने गर्दछ भने इन्सुलिनको मात्रालाई बढाउने काम गर्छ ।
एभोक्याडो : नास्पातीजस्तो देखिने फल एभोक्याडो स्वास्थ्यका दृष्टिले निक्कै राम्रो मानिन्छ । मधुमेह र एभोक्याडोबीच निक्कै सकारात्मक सम्बन्ध रहेको छ । सन २००८ मा अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिसनले प्रकाशित गरेको रिपोर्ट अनुसार एभोक्यार्डो खाने महिलाहरुमा दोस्रो प्रकारको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुन्छ ।
सिमी : सिमीमा प्रचुर मात्रामा फाईबर पाइन्छ । साथै,यो प्रोटिनको राम्रो स्रोत मानिन्छ। जसका कारण मधुमेहका रोगीले यसलाई आफ्नो खानामा सामेल गराउनु आवश्यक छ । सन २०१२ मा गरिएको उक्त अनुसन्धानका अनुसार टुसा उम्रिएको सिमीको तरकारी दिनमा एक कप खाने गर्नाले रगतमा चिनीको मात्रामा सन्तुलित हुन्छ भने ब्लड प्रेसर पनि कम गर्छ ।
ब्रोकाउली : ब्रोकाउलीमा बेटा क्यारोटिन नामक  एन्टिअक्सिडेन्ट पाईन्छ । जसले मधुमेह रोगीलाई फाईदा पुर्याउँछ । यसमा भिटामीन ‘ए’ प्रचुर मात्रामा पाइने हुँदा दाँत हड्डी, छाला र आँखालाई फाईदा पुर्याउछ । यो फोलेट र फाइबरको खानी भएका कारण स्वास्थ्यका लाथि निक्कै लाभदायक मानिन्छ ।
गाजर : गाजरलाई भिटामिन ‘ए’को खानीका रुपमा लिईन्छ । यो भिटामिन रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि आवश्यक तत्व मानिन्छ । यसले मधुमेह रोगलाई राहत प्रदान गर्दछ भने केहि क्यान्सरबाट मक्ति दिने मायो क्लिनिकलले बताएको छ ।
माछा : सन २०१० को डायटरी गाइडलाइन फर अमेरिकाले हप्तामा दुईपटक माछा खान सुझाउको छ । माछामा ओमेगा ३ फ्याटी एसिड पाइने हुँदा यसले अरहाथमियास (असामान्य मुटुको धड्कन) को जोखिमलाई कम गर्ने गर्दछ । मधुमेहका रोगीले माछाको सेवन गर्नु लाभदायक मानिन्छ ।
लसुन :  खानालाई मिठो बनाउन हामिले प्रयोग गर्ने लसुनमा औषधीय गुणसमेत रहेको छ । यसले उच्च कोलेस्ट्रोल, मुटु रोग, उच्च रक्तचाप र क्यान्सरको खतरालाई टाढा राख्छ ।
प्याज : प्याजमा एन्टिअक्सिडेटको मात्रा बढी हुने भएकाले यसले मधुमेहका रोगीलाई फाइदा पुर्याउँछ । प्याजमा मधुमेहका रोगीलाई फाईदा पुर्याउँने फाइबर, पोटासिम र फोलेटजस्ता तत्व हुने भएकाले यसलाई खानामा संmग्न गर्न अत्यावश्यक छ । सन २००२ मा अमेरिकन जर्नल अफ क्लिनिक न्युट्रिसनले गरेको अनुसन्धान अनुसार प्याजमा पाइने फ्लेभोननोइड क्वेरसेटिनले दीर्घ रोग लाग्नबाट बचाएँछ ।

ग्याष्टिक को कारण र असर


ग्याष्टिक आफैमा रोग नभएर बिभिन्न रोगहरुको लक्षण हो । पेटको माथिल्लो भागमा जलन हुने, मुखमा अमिलो पानी आउने, खाली पेटमा डकार आउने, खाँदा अप्ठेरो महसुस हुने, राम्रोसँग वायु नखुल्ने, दिसा नियमित रुपमा नहुने समस्यालाई ग्याष्टिक भनेर बुझिन्छ । तर मेडिकल भाषामा ग्याष्टिक भनेर ग्यास्ट्राइटिसलाई भनिन्छ । ग्यास्ट्राइटिस भनेको आमासय भित्र एउटा कडा प्रकारको अम्ल उत्पादन हुने समस्या हो । पेटमा उत्पादन हुने हाइड्रोक्लोरीक एसीड एच सी एल १ दशमलव ५ हुन्छ । त्यसको उत्पादन बढी भयो भने पेटको माथिल्लो भागमा जलन हुने र मुखमा अमिलो पानी आउने हुन्छ ।
ग्याष्टिक बिभिन्न कारणले हुन्छ । खानपान नियमित नहुनु, अत्याधिक चिल्लो, मसलेदार खाना, लामो समयसम्म पेट खाली हुने, पानी कम पिउनाले उत्पन्न हुन्छ । यसको अर्को कारण भनेको धुम्रपान तथा मद्यपान गर्नु हो । बढी मोटो व्यक्तिमा पनि ग्याष्टिक देखिन सक्छ । त्यस्तै मानसिक चिन्ता लिने व्यक्तिलाई पनि ग्याष्टिक बढी मात्रामा देखिन्छ । यी बाहेक कहिले काँही पेटभित्र अल्सर, क्यान्सर, पित्त थैलीमा पत्थरीका भएमा पनि ग्यासटाइटिस हुनसक्छ । केहि समुहका औषधिको सेवनले पनि अत्याधिक ग्याष्टिक हुने हुन्छ ।


रगत, दिसा, पिसाब जाँचेर ग्याष्टिक भए नभएको पत्ता लाग्दैन । तर पेट भित्र ठूलो रोग छ कि भनेर इन्डोस्कोपी भने गर्नुपर्छ । यसबाट अम्लका कारण पेटमा घाँउ भएको छ या छैन हेर्न सकिन्छ । ग्याष्टिक भएको व्यक्तिले खानपानलाई व्यवस्थित गर्नु पर्ने हुन्छ । खानामा धेरै मसला भएको, चिल्लो, पिरो, अमिलो कम मात्रामा खाने गर्नुपर्छ । खाना खाने समय नियमित गर्नु पर्छ । धेरै लामो समयसम्म पेट खाली नराख्ने र ठिक्क खाने, धुम्रपान नगर्ने, चिन्ताबाट मुक्त हुने, शारिरीक व्यायाम गर्ने, अनिन्द्रा नबस्ने गरेमा ग्याष्टिक कम गर्न सकिन्छ ।
ग्याष्टिक सामान्य रुपमा आफैमा खासै जटिल हुदैन । तर कहिले कम र कहिले बढेर जाने हुन्छ । यसले मानसिक तनावमा भने अवश्य राख्छ । यदि आमासयमा अल्सर भएर ग्याष्टिक भएको हो भने क्यान्सरको रुप पनि लिन सक्छ । कहिलेकाँही मुखबाट रगत आउने र दिसा कालो हुने हुन्छ ।

यदि अल्सर नै भैसकेको रहेछ भने ट्रिपल थेरापी गर्नुपर्छ । यदि घाँउ छ भने औषधिको प्रयोग गर्नुपर्छ । कहिलेकाँही पित्त थैलिमा पत्थरी भयो भने पनि ग्याष्टिक जस्तो समस्या देखा पर्नसक्छ । यदि यस्तो अवस्था उत्पन्न भयो भने पित्त थैलिको पत्थरीको अप्रेसर नगरी यसको समस्या कम हुदैन । हायटस हर्नियामा आमाशय फर्केर खाने नली माथि सरेर गएको छ भने पनि अप्रेसन नै गर्नु पर्ने हुन्छ ।

बच्चा जन्माउने उपयुक्त उमेर कति ?



स्वस्थ बच्चा जन्माउनका लागि सबैभन्दा उपयुक्त उमेर भनेको २० देखि ३० वर्षसम्मको उमेर हो । त्यसपछि क्रमशः उमेर बढ्दै जाँदा जोखिम पनि बढ्दै जान्छ ।स्वास्थ्य अवस्थाका आधारमा ३५ वर्षसम्मका महिलाले राम्रोसँग बच्चा पाउन सक्छन् । त्यस्तै २० वर्षभन्दा कम उमेरका महिलाले पनि बच्चा पाउँदा जोखिम हुन्छ ।
महिलाको उमेर १९ वर्षभन्दा कम छ भने सन्तान पाउनका लागि केही समय पर्खिनु नै उत्तम हुन्छ । ३५ वर्ष उमेर नाघिसकेकी महिलाबाट जन्मने बच्चामा पनि डाउन्स सिन्ड्रोमजस्ता जन्मजात विकार आउने सम्भावना हुन्छ । बच्चा जन्माउने क्रममा१९ वर्षभन्दा कम उमेरका गर्भवतीको मृत्यु हुने जोखिम२० देखि ३० वर्षबीचका महिलाहरूमा भन्दा ६० गुणा बढी हुन्छ।



ढिलो बिहेले पुरुषको प्रजननशक्ति अर्थात् शुक्राणुमा कमजोरी आउँछ र यस्ता शुक्राणुमा गति पनि हुँदैन । बढी उमेरमा पुरुषको शुक्राणु बन्ने संख्यामा पनि कमी आउँछ । यसबाट गर्भ रहन समस्या हुनुका साथै कमजोर बच्चा जन्मने सम्भावना हुन्छ । यस्तै, बढ्दो उमेरसँगै महिलाको अण्डाको गुणस्तरीयतामा पनि कमी आउँछ ।
बढ्दो उमेरका अतिरिक्त आधुनिक जीवनशैली, तनाव र प्रदूषणका कारण पनि प्रजनन शक्तिमा असर पर्छ । उच्च रक्तचाप, मधुमेह वा थाइराइडजस्ता रोग प्रजनन शक्तिका लागि बाधक हुन् । यस्तै, उमेरखाएका महिलामा गर्भाशयको ट्युमर हुने सम्भावना पनि हुन्छ ।

अनारले यी १० रोगबाट जोगाउछ !


– दिनहुँ अनार खानाले रक्त सञ्चालन राम्रोसँग हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ ।
– अनार आइरनयुक्त भएकाले रक्त अल्पता भएका बिरामीका लागि यो लाभदायक हुन्छ ।
– अनार खाने गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ ।
– अनार खानाले पाचन क्षमता बलियो हुन्छ । साथै, नसाहरू पनि सुचारु रहन्छ ।
– बेलाबेलामा अनार खाइरहनेको छाला चम्किलो हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई दाँतसम्बन्धी समस्या कम हुन्छ ।
– गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन जान्छ ।
– बुढ्यौलीमा बिर्सिने समस्या भएकाहरूलाई अनार खान दिए राम्रो हुन्छ ।

हड्डी कमजोर छ खानुहोस् यि ७ खानेकुरा

मानिसको शरिरमा सबैभन्दा ठूलो भूमिका हाडको हुन्छ । शरिरको हाड कमजोर हुनुभनेको सम्पूण शरिर कमजोर हुनुु हो । त्यसैले स्वथ रहन हाड मजबुत बनाउनु आवश्यक छ । हाड मजबुत बनाउन खनिज, क्याल्सियम र भिटामिन डिको जरुरत पर्दछ । हामीले दैनिक रुपमा खाने केहि खानामा ध्यान दिन सक्यौ भने हाम्रो हड्डी मजबुत र बलियो बन्छ । आज हाड मजबुत बनाउने ७ खानेकुराका बारेमा चर्चा गरौं ।

• हरियो तरकारी : दैनिक रुपमा हाम्रो भान्छामा पाक्ने तरकारीमा हरियो सागसब्जी अनिवार्य पार्नुहोस् । प्याज, मेथी, रोयो, तोरी बन्दागोभी, काउलीजस्ता पत्तेदार सागसब्जीहरु खानु हाडका लागि उत्तम हुन्छ । पालकको एक कचौरा सागले २५ प्रतिशत क्याल्सियमको कमी पूरा गर्दछ ।

• अण्डा : अण्डामा पनि भरपुर मात्रामा प्रोटिन र भिटामिन डी पाईन्छ । अण्डाको पहेंलो भागले मानव शरीरका लागि आवश्यक ६ प्रतिशत भिटामिन डीको कमी पूरा गर्दछ । • माछा : सैमन र सार्डिन माछामा भरभूर क्याल्सियम हुन्छ । सैमन माछाबाट भिटामिन डी पाईन्छ । यसमा ओमेगा ३ एसिड पनि हुन्छ, जसले हाडलाई बलियो बनाउँछ ।

• बदाम : विभिन्न किसिमका बदामहरुमा पोटासियम पाइन्छ, जसले पिसाबको माध्यमबाट क्याल्सियमको कमीलाई रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । ओखरमा ओमेगा ३ र फ्याटी एसिड पाइन्छ, जसले हाडलाई मजबुत बनाउन सघाउँछ ।

• सुन्तला : सुन्तलामा मुख्यरुपमा भिटामिन सि पाइन्छ । यसले हड्डीलाई अझ बलियो बनाउन सहयोग गर्दछ । भिटामिन सी क्याल्सियमको अवशोषणमा महत्वपूर्ण भूमिका हुन्छ ।

 • केरा : केरामा पोटासियम, क्याल्सियम र म्याग्नेसियम हुन्छ । यी पोषक तत्वले हाडलाई बलियो बनाउन मद्दत गर्दछ । • आलुपखाडा : अस्टियोपोरोसिसबाट पीडित महिलाहरुका लागि आलुपखाडा धेरै महत्वपूर्ण हुन्छ । यसमा इनुलीन नाम गरेको फाइबर हुन्छ, जसले शरीरमा क्याल्सियमको अवशोषणमा मद्दत गर्दछ र हड्डीलाई बलियो बनाउन सहयोग गर्दछ ।

नाकबाट रगत आए यी ५ घरेलु उपाय अपनाउनुस् (भिडियो सहित )




केही व्यक्तिको गर्मीमा नाकबाट रगत आउने समस्या हुन्छ । नाकबाट रगत आउनु केही कारणहरु छन्, जसको निवारण गर्नु आवश्यक छ । नाकबाट रगत आउनुको कारण एलर्जी, इन्फेक्शन, बारम्बार खोकी लाग्नु, अक्सिजनको कमी भएको निकै अग्लो स्थानमा जानु लगायत रहेका छन् । यस्तै सुख्खा मौसमका कारण पनि नाकबाट रगत आउँछ । यसबाट आत्तिनु पर्ने कारण छैन किन की यसको प्रभावकारी उपाय छ ।  नाकबाट रगत आउने अवस्थालाई रोक्नका लागि कुनै पनि बस्तु वा नङ्गले नाक नकोट्याउने, चुरोट तथा धुमपानजन्य बस्तुको सेवन नगर्ने तथा प्रशस्त पानी पिउनु आवश्यक छ ।



यसको अलवा यी घरेलु उपाय अपनाउँदा राम्रो हुन्छ :
1. मुलायम सुतीको कपडाले नाक थुन्ने जसले तुरुन्त रगत रोक्छ ।
2. हरियो पत्तादार शब्जी खानु आवश्यक छ । यसमा हुने भिटामिनले रगत रोक्ने काम गर्छ ।
3. आँटावाला रोटी तथा पाउरोटी खाँदा पनि फाइदाजनक हुन्छ ।
4. भिटामिन सी युक्त चिजहरु खाने जसले रक्तनलीलाई सुरक्षित राख्ने काम गर्छ । गर्मीमा यी चिजहरु खानु अति आवश्यक छ ।
5. बरफका केही टुक्रा नाकमा राख्दा पनि बगिरहेको रगत रोकिन्छ ।

अम्बाका कैयौँ फाइदा ! जस्को सेवनबाट भाग्छन् रोग टाढा – टाढा



गाउँघर तथा शहर जहाँतही पाइने फल हो अम्बा । सिजनमा बाहेक बेसजिनमा समेत अम्बा शहरी क्षेत्रमा पाइन्छ । जसका कैयौँ फाइदा छन् ।
अम्बाले प्रतिरोधात्मक शक्ति बढाउँछ : अम्बा केवल स्वादका लागी मात्रै प्रयोग नभई प्रतिरोधात्मक शक्ति बढाउनका लागी पनि उत्तम मानिन्छ । यसले पाचन प्रणलीलाई चुस्त राख्नुका साथै मानिसलाई स्वस्थ रहन मद्धत गर्छ । दैनिक २ वटा मध्यम आकारका अम्बाले नै भिटामिन सिको कमीलाई हटाउँछ ।
गर्भवती महिलाहरुका लागी अति उत्तम : फोलिक एसिड, विटामिन बी९९ले भरीएको अम्बा गर्भवती महिलाहरुका लागी अझ लाभदायक हुन्छ । यसको प्रयोगले बच्चाको न्यूरोलोजिकल डिसअर्डर नियन्त्रणमा आउँछ ।


आँखाको लागी पनि लाभदायक : गाजर जस्तै अम्बा पनि भिटामिन एका लागी उत्तम मानिन्छ । पोषक तत्वले भरीएको अम्बाको सेवनले आँखा सम्बन्धी समस्या निर्मुल पार्न मद्धत गर्छ । भिटामिन एको कमी भएर हुने रतन्धोबाट पनि अम्बाको सेवनले बचाउँछ ।
सुगरका बिरामीका लागी रामबाण : चाइनीज मेडिसीनमा अम्बालाई डायबिटीज कम गर्ने मानक नै मानिन्छ । एक अध्ययनका अनुसार अम्बाको जुस पिउनाले चिनी रोगको स्तर नै कम हुन पुग्छ । अम्बामा फाइबरको मात्रा धेरै हुने हुनाले सुगरका बिरामीलाई यो रामबाण नै साबित हुने हालैको एक अध्ययनले प्रमाणित गरेको छ ।

ब्लड प्रेसर लो छ ? भए अपनाइहाल्नुहोस् ५ उपाय


शरीर स्वस्थ राख्न मुटु स्वस्थ हुनु जरुरी हुन्छ । तर, आजकाल अनियमित खानपान र अस्वस्थ दिनचर्याका कारण उच्च वा न्युन रक्तचापको समस्या दिनहुँ बढ्दो छ । शरीरमा रक्तप्रवाह सामान्यभन्दा कम हुन्छ भने त्यसलाई न्युन रक्तचाप भनिन्छ । सामान्यतः ब्लडप्रेसर १२०÷८० हुन्छ । ९० भन्दा कम हुनुलाई लो ब्लडप्रेसर भनिन्छ । यसलाई गम्भीर रुपले नलिइ यसको असर शरीरको अर्को अंगमा पनि पर्न सक्छ । शरीरमा ब्लडको दबाब कम हुँदा आवश्यक अंगसम्म पूरा ब्लड पुग्न पाउँदैन, जसबाट ती अंगको कार्यसन्चालनमा बाधा पुग्छ । यस्तो अवस्थामा मुटु, मिर्गौला, कलेजो र दिमागले आंशिक रुप या पूरै काम गर्न बन्द गर्न पनि सक्छ । त्यसैले लो ब्लड प्रेसरको समस्यालाई बेलैमा समाधान गर्नुपर्छ ।



1. नुन पानी पिउने : लो ब्लड प्रेसरमा नुनपानीले महत्वपूर्ण काम गर्छ । यसले ब्लड प्रेसर सामान्य पार्छ । नुनमा हुने सोडियमले प्रेसर बढाँउछ । स्वास्थ्यमा थप असर नपर्ने गरी नुन प्रयोग गर्नुपर्छ । धेरै नुन स्वास्थ्यका लागि फाइदाजनक हुँदैंन । लो ब्लड प्रेसरमा एक गिलास पानीमा एक चम्चा नुन मिसाएर पिउन सकिन्छ ।
2. क्याफिनको सेवन : कफी पनि तत्काल लो ब्लड प्रेसर हटाउने मुख्य उपाय हो । ब्लड प्रेसर कम हुँदा स्ट्रङ कफी, हट चकलेट, कोला र क्याफिनयुक्त खाद्यपदार्थको सेवन गर्न सकिन्छ । जसबाट रक्तचाप सामान्य हुन्छ । यदि सधैं लो ब्लड प्रेसर छ भने दिनहुँ बिहान एक कफ कफी पिउनु राम्रो हुन्छ । तर ध्यान दिनुहोस्, कफीसंगै अरु केही कुरा खानुपर्छ ।
3. किसमिस खाने : किसमिसलाई पारम्परिक आयुर्वेदिक औषधिको रुपमा लिइन्छ । लो ब्लड प्रेसर हुँदा राती ३० देखि ४० वटा किसमिसलाई पानीमा भिजाई बिहान खाली पेटमा खानुपर्छ । किसमिस भिजाएको पानी पनि पिउन सकिन्छ । यसका अलावा एक गिलास दुधमा ४–५ वटा देशी बदाम, २० वटा जति बदाम र १५ वटा जति किसमिस मिसाउन सकिन्छ । यसो गर्दा रक्तचाप सामान्य अवस्थामा आउँछ ।
4. गुणकारी हुन्छ तुलसी : तुलसीले रक्तचापलाई सामान्य बनाउन मद्धत गर्छ । यसमा भिटामिन सी, पोटासियम, म्याग्नेसियमजस्ता कयौं तत्व हुन्छन्, जसले दिमागलाई सन्तुलिन राख्छन् र तनाव पनि हटाउन मद्धत गर्छन् । जुसमा तुलसीका १० देखि १५ वटा पात राख्ने, एक चम्चा मह मिसाउने र दैनिक बिहान खालीपेटमा खानाले रक्तचाप सामान्य अवस्थामा आउछन ।
5. कागतीको रस : कागतीको रस उच्च तथा न्युन रक्तचाप सबैमा फाइदाजनक हुन्छ । डिहाइड्रेसनको समस्यामा पनि यो निकै उपयोगी हुन्छ । कागती जुसमा हल्का नुन र चिनी राखेर पिउनाले इनर्जी प्राप्त हुन्छ । साथै कलेजोले पनि सही काम गर्न मद्धत गर्छ ।

कोलेष्ट्रोल घटाउन यी खानेकुरा खानुस्, अन्यथा आँखा र सेक्स पावर घट्ला



रगतमा कोलेष्ट्रोलको मात्रा वृद्धि हुँदा मुटू र शरीरका थुप्रै भागमा नोक्सानी पुगाउन सक्छ । कोलेष्ट्रोलको मात्रा बढी हुँदा त्यसले आँखालाई समेत असर पुगाउन सक्छ भने सोँच्ने शक्तिमा क्षीण हुनु र पुरुषमा यौन कार्यमा निष्क्रियता पनि हुन सक्ने चिकित्सकहरूले बताएका छन् । आफ्नो शरीरको कोलेष्ट्रोललाई कम गराउनका लागि यी उपाय नियमित गरिए हामीलाई धेरै सहयोग मिल्ने चिकित्सकहरूले बताएका छन् ।
लसुन : प्याज र टमाटरपछि खाना पकाउन ज्यादा प्रयोग गरिने लसुन हो । लसुनमा थुप्रै अनुसन्धान भएका छन् । र स्वास्थ्यका लागि लसुन अत्यन्तै फाइदा जनक भएको तथ्यले देखाएको छ । प्रत्येक दिन एउटा केस्रा काँचो लसुन खाँदा कोलेष्ट्रोलको मात्रा थुप्रै घट्छ ।



जैतून : जैतूनमा मोनोसैचुरेटेड फ्याट एसिड हुन्छ । जसले गर्दा रक्तचापको कम गर्न र कोलेष्ट्रोल घटाउन सहयोग मिल्छ । बिहान उठेर लसुन र जैतूनको तेललाई मिसाएर खाने गर्दा उचित हुन्छ ।

बदाम : खास गरेर बदामको सेवन मुटूका लागि राम्रो मानिन्छ । यसमा प्रोटीन, फाइबर र एन्टीआक्सीडेन्टस्को मात्रा अधिक हुन्छ । यसले कोलेष्ट्रोललाई रगतमा मिसिनबाट रोक्छ । बदाममा क्यालोरी अधिक हुने हुँदा यसको सेवन ध्यान पुगाएर गर्नुपर्छ । धेरै खाँदा अर्को रोग निम्तन सक्छ ।

ग्रीन टी : चीन र मध्य एशियाका साथै अन्य देशमा खाना खाएपछि ग्रिन टी पिउने चलन छ । ग्रिन टी पिउँदा शरीरमा रहेको अनावश्यक चिजहरूलाई निकालेर फाल्ने गर्छ । यसको प्रयोगले कोलेष्ट्रोल घटाउन सहयोग मिल्ने गरेको चिकित्सकहरूले बताएका छन् ।

माछा : हिल्स, सैलमन र ट्राउट माछा, ओमेगा– ३ मा फ्याटी एसिडले भरपूर हुन्छन् । यो रक्तवाहिनिलाई सफा गर्ने काम गर्छ । माछाको सेवनले कोलेष्ट्रोल जम्मा हुन दिँदैन । रगत पनि सफा गर्छ । यसै कारण चिकित्सकहरूले हप्तामा दुई पटक माछा खान सल्लाह दिने गर्छन् ।

सोयाबीन:  प्रोटीनले भरपूर सोयाबीन आफैमा पूर्ण आहार मानिन्छ । सोयाबीनमा आइसोफ्लैवोन हुने गर्छ । जसले कोलेष्ट्रोलविरुद्ध काम गर्छ । यसका अलावा दाल पनि फाइदा जनक रहेको मानिन्छ । दालमा प्रोटीन र फाइबर हुन्छन् ।

स्याउ खानैपर्ने ९ कारण


स्याउमा सर्बाधिक मात्रामा फस्फोरस हुन्छ । यसको साथै यसमा आइरन, प्रोटिन, क्याल्सिम, कार्बोहाइडेड तथा भिटामिन बी र सी प्रर्याप्त मात्रामा हुन्छ । हृदय रोगीका लागि पनि उत्तिकै लाभदायी हुन्छ ।
पत्थरीका बिरामीका लागि स्याउ औषधी नै साबित भएको छ । बिरामीले हरेक दिन चार देख पाँच ओटा स्याउ खाँदा निको हुन्छ ।
हृदय रोगीले बिहानको खाना भन्दा अगाडि दुईटा स्याउ खानु पर्छ ।
आँखाको ज्योति कमजोर हुनेले खानासँगै हरेक दिन एउटा स्याउ खानुपर्छ ।
खोकी लाग्दा रोगीलाई तिर्खा, जलन थकान तथा बेचैनी हुन्छ । स्याउको जुस पिउदा यी समस्या समाधान हुन्छन् ।


स्याउको जुसले घाटीका घाउ, छाल सम्बन्धि रोग. पेटका लागि निकै लाभदायी छ । यसले पेटमा ग्यास जम्मा हुन दिँदैन र पेटका किरा पनि नाश गर्छ । दुई ओटा स्याउ व एक गिलास ताजा जुस पिउँदा पेटको किरा मर्नुका साथै कब्जियत पनि भगाउछ । कब्जियत भएकाले दिनहु खाली पेट स्याउ खाँदा कब्जियत निको हुनको साथै भोक बढाउँछ ।
स्याउमा पाइने फ्लेबोनायड्स फोक्सोले स्वास्थ राख्छ । नियमित स्याउको रस खाँदा फोक्सो मजुबुत भई कार्यक्षमता बढ्छ ।
धेरै तौलका कारण हुने हृदय रोग, उच्च रक्तचाप, मधुमेय जस्ता रोगहरुबाट छुट्कारा मिल्छ । स्याउमा प्रर्याप्त मात्रामा हुने फाइबरले तौल कम गर्न सहयोग गर्छ ।
अनिन्द्राको समस्या छ भने सुत्नु भन्दा अगाडि एकदाना स्याउ र मनतातो दुध पिउदा मस्त निन्द्रा लाग्छ ।
एक गिलास स्याउको जुसमा मिश्री मिसाई नियमति पिउँदा खोकी निको हुन्छ ।
टाउको दुखाई, चिढचिढापन, बेहोसी जस्त समस्याबाट पीडितले खाना खानु अघि नियमित स्याउ सेवन गरेमा धेरै हदसम्म निको हुन्छ ।

टुसा उमारेर गेडागुडी खानुका ७ लाभ


हामी प्रायः टुसा नउमारी गेडागुडी खाने गर्छौं, जसले गर्दा हामी यस्ता लाभबाट वञ्चित भइरहेका हुन्छौँ :
टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।
टुसा उम्रिएको गेडागुडी खानाले पाचन प्रक्रिया बलियो हुन्छ । किनकि, पाचन प्रक्रिया बलियो बनाउने फाइबर यस्ता गेडागुडीमा प्रशस्त मात्रामा पाइन्छन् ।


टुसा उम्रिएको गेडागुडीमा एन्टी–अक्सिडेन्ट, भिटामिन ए, बी, सी र ई प्रचुर मात्रामा पाइन्छन् । एन्टी–अक्सिडेन्टले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ ।
टुसा उम्रिएको गेडागुडीमा आइरनको मात्रा बढी हुने भएकाले यसले रक्तअल्पतालगायत रोगबाट बचाउँछ । यस्ता गेडागुडीमा फस्फोरस, आइरन, क्याल्सियम, जिंक, म्याग्नेसियम आदिका मात्रा उच्च हुन्छन् ।
टुसा उमारेको गेडागुडीमा शरीरलाई ऊर्जा प्रदान गर्ने र मांसपेशीलाई बलियो बनाउने प्रोटिनको मात्रा उच्च हुन्छ ।
वजन कम गर्न खोज्दै हुनुहुन्छ भने टुसा उमारेको गेडागुडी खाने गर्नुस् । किनकि, यस्तो खानामा क्यालोरीको मात्रा कम्ती हुन्छ ।
अहिलेको महँगीमा टुसा उमारेको गेडागुडी खानु स्वास्थ्यका लागि मात्र नभई गोजीका लागि पनि फाइदाजनक हुन्छ । एक दिन पुग्ने गेडागुडीलाई टुसा उम्रन दिनुभयो भने दुई वा सोभन्दा बढी दिन पुग्न सक्छ ।

गोलभेँडाका ११ फाइदा


गोलभेँडाले खानालाई स्वादिलो त बनाउँछ नै, शरीरलाई स्वस्थ राख्न पनि मद्दत पु¥याउँछ । गोलभेँडाका केही गुण यस्ता छन्ः

कपाल र छाला चम्काउँछ : घामबाट आउने विकिरण, प्रदूषण आदिका कारण कपाल झर्ने, पातलो हुने, फुस्रो हुने र टुक्रिनेलगायत समस्या आउँछन् । साथै, छाला सुखा, रुखो र फुस्रो हुने गर्छ । गोलभेँडा खाँदा यसमा पाइने लाइकोपेन नामक तत्वले कपाल र छालालाई चम्किलो बनाइराख्छ । साथै, गोलभेँडालाई अनुहारमा दल्नाले यसले ‘फेसियल क्लिन्जर’को काम राम्रोसँग गर्छ ।
क्यान्सरको जोखिम घटाउँछ : गोलभेँडा खानाले यसमा पाइने लाइकोपेन नामक तत्वले शरीरमा क्यान्सरका कोषको विकास र विस्तार हुने क्रम कम हुन्छ भन्ने विभिन्न अनुसन्धानका नतिजाले देखाइसकेका छन् । खासगरी गोलभेँडा खानाले प्रोस्टेट र आन्द्राको क्यान्सर हुने सम्भावनालाई कम गर्छ । गोलभेँडा जति पकायो, यसमा रहेको लाइकोपेनको मात्रा उति बढ्ने भएकाले गोलभेँडा फत्काएर तयार पारेको अचार खाने गरिरहनुपर्छ ।
हड्डी बलियो पार्छ : गोलभेँडामा भिटामिन–के र क्याल्सियम प्रशस्त मात्रामा पाइन्छ, जसले हड्डीलाई बलियो बनाउँछ ।
चुरोटको हानि कम गर्छ : चुरोट पिउने अथवा चुरोट पिउनेसँग निकटको सम्बन्ध हुने व्यक्तिको फोक्सोलगायत अंगमा समस्या उत्पन्न हुने गर्छ, जसलाई गोलभेँडामा पाइने काउमरिक एसिड र क्लोरोजेनिक एसिडले कम गरिदिन्छन् ।
रगत शुद्ध बनाउँछ : गोलभेँडामा भिटामिन–ए र भिटामिन–सीजस्ता एन्टी–अक्सिडेन्ट तत्व प्रशस्त मात्रामा पाइन्छ, जसले रगतलाई शुद्ध बनाउँछ । गोलभेँडाको सलाद खायो भने भिटामिन–सीको आपूर्ति शरीरमा बढी हुन्छ ।
मुटु बलियो बनाउँछ : गोलभेँडामा पाइने भिटामिन–ए, भिटामिन–बि, पोटासिमजस्ता तत्वले मुटुसम्बन्धी रोग लाग्ने जोखिम घटाउनुका साथै रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नसमेत दिँदैन ।
सुगर नियन्त्रण गर्छ : गोलभेँडामा क्रोमियम नामक तत्व पाइन्छ, जसले रगतमा सुगरको मात्रा बढ्नबाट जोगाउँछ । त्यही भएर डायबेटिजका रोगीले गोलभेँडा सकेसम्म बढी खाने गर्नुपर्छ ।
पाचनक्रिया बलियो बनाउँछ : गोलभेँडा खाने गर्नाले कब्जियत निको हुने र पाचन क्रिया बलियो हुने गर्छ । खाना खाइसकेपछि अन्त्यमा पाकेको एउटा गोलभेँडा खाने गर्नु राम्रो हुन्छ ।
रोगप्रतिरोधी क्षमता बढाउँछ : गोलभेँडामा पाइने भिटामिन–ए र खनिजले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछन् ।
तनाव घटाउँछ : गोलभेँडामा भिटामिन–सी प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरमा रहेको स्ट्रेस हार्मोन कम गरी व्यक्तिलाई तनावरहित बनाउन मद्दत गर्छ ।
बोसो कम गर्छ : गोलभेँडा खाने गर्नाले शरीरमा कार्निटाइन नामक एमिनो एसिडको मात्रा बढ्छ, जसले शरीरमा रहेको अनावश्यक बोसो काट्ने गर्छ ।

काजुका फाइदा

काजुमा मोनो स्याचुरेटेड फ्याट हुन्छ, जसले मुटुलाई स्वस्थ राख्छ र मुटुरोग लाग्ने सम्भावना कम हुन्छ । यो कोलेस्टेरोलरहित हुन्छ । छालाका लागि पनि काजुलाई दूधमा रगडेर लगाउनाले सुन्दर र नरम हुन्छ । काजुको नियमितसेवनले कपाल झर्नबाट रोक्छ । यसमा सोडियम कम र पोटासियम बढी हुन्छ, जसले रक्तचाप पनि कम गर्छ । काजुमा एन्टी अक्सिडेन्ट, जस्तै, भिटामिन इ र सेलनियमन पनि पाइन्छ, जसले क्यान्सरबाट बचाउँछ । यसमा हुने जिंकले संक्रमणविरुद्ध लड्न मद्धत गर्छ । काजुको सेवन प्राकृतिक रुपले डिप्रेसनको उपचार हो । काजुमा पाइने म्याग्नेसियमले शरीरमा सेरोटोनिनको स्तर बढाउँन मद्धत गर्छ । सेरोटोनिनलाई खुशी राख्ने रसायन भनिन्छ । यसका अलावा यो प्रोटीनको पनि राम्रो स्रोत हो । यसमा पाइने कपरले शरीरमा इन्जायमको गतिविधि, हार्मोनको उत्पादन, मष्तिष्कको कार्यमा मद्धत गर्छ । काजुमा एकप्रकारको तेल हुन्छ, यो भिटामिन बीको राम्रो स्रोत हो । यहीकारण यसलाई तत्काल शक्तिदायक खाद्यपदार्थ मानिन्छ । खालीपेटमा महका साथ काजु खानाले स्मरणशक्ति चाँडै बढ्छ ।

कानभित्रको फोहोर निकाल्ने ४ घरेलु तरिका

कान हाम्रो शरिरको अत्यन्त संवेदनशील अंग हो । कानलाई सफा राख्नुपर्छ । कानमा मैलो जम्नु र खोँट(कानेगुजी)हरु उत्पन्न हुनु सामान्य कुरा हो । फोहोर जम्ने ठाउँलाई हामी इयरबक्स पनि भन्नेगर्छौं । हामीले घरेलु तरिका अपनाएर कान भित्र रहेका फोहोरहरु तथा खोँटहरु सफा पार्न सक्छौं । कानभित्रको फोहोर कहिलेकाहिं निकै कडा भएर तपाईं डाक्टरकोमा पनि जानुहुन्छ । कानलाई लिएर हामी धेरै जोखिम उठाउन सक्दैनौं । कानको खोंट जेल जस्तै लुब्रिकेन्ट हुन्छ । जो मरेका सेल्सहरुले बनेको हुन्छ । यहाँ सानो रौं पनि मिसिएको हुन्छ । इयरबक्स कानको सुरक्षाको लागि पनि रहेको हुन्छ । यहाँ धेरै फोहोर जम्यो भने हामीले कम सुन्छौं । कहिलेकाहिँ यसैको कारण कानमा दुख्ने तथा संक्रमणको खतरापनि हुनसक्छ । यसले सुन्ने भागलाई बन्द गराइदिनसक्छ ।
यी घरेलु उपायबाट आफ्नो कान सफा राख्नुहोस् । 1. कानभित्रको फोहोर सफा गर्ने पुरानो तरिका कानभित्र एक वा दुई थोपा बदामको तेल हालि उहि दिशामा टाउको ढल्काएर राख्नुहोस् । ५ मिनेटसम्म यसरी राख्नुभयो भने जमेको फोहोर लेदो बन्नेगर्छ र विस्तारै बाहिर निस्कने गर्छ । 2. बदामको तेलमा तोरीको तेलपनि मिसाउन सक्नुहुनेछ । तर बदामको तेलको मात्रा अलि धेरै हुनुपर्छ । तेलको प्रयोगबाट तपाईंको कानमा रहेको जमेको फोहर पानी बनेर बाहिर निस्कनेछ । 3. बदामको तेल र तोरीको तेल जस्तै बेबी तेलपनि प्रयोग गर्नसक्नुहुन्छ । तर तोरीको तेलमा बेबी तेल मिसाउँदा तोरीको तेलको मात्रा धेरै हुनुपर्छ । तेल प्रयोगगर्दापनि तपाईंको कानमा फाहोर निस्केन या दुख्यो भने चिकित्सकको मा जानुहोस् । 4. कानमा रहेको फोहोर निकाल्न वा कान चिलाउँदा हामी सिन्का वा हाइड्रोजन पाराक्साइड प्रयोग गर्नु हुन्न । कान संवेदनशिल भएकाले घोँच्ने बस्तु प्रयोग गर्नुहुँदैन । हामीले हयरपिन जस्ता कानमा घोँच्ने वस्तुप्रयोग गर्दा कानको जालि विग्रने खतरा हुन्छ ।

चिन्ताबाट उम्किने तरिका

पीरचिन्ता कोसँग हुँदैन ? कतिबेला चिन्ताको बाढीले सताउँछ भन्ने विषयमा कुनै पूर्व जानकारी पनि हुदैन । काम, कार्यलय वा घरकै काम गर्दागर्दै कुनै दःखद खबर सुन्नु भयो भने चिन्ता बढ्न सक्छ । चिन्ता बढ्दा मुटुको धड्कन बढ्छ, पसिना खलखली आउँछ र मन अशान्त हुन्छ । • -चिन्ता बढेपछि १५ मिनेट जति बिस्तारै हिड्नुहोस् । आफै चिया बनाएर पिउनुहोस् वा नुहाउनुहोस् । जव तपार्इँ शारिरिक रुपमा शान्त हुनुहुन्छ अनि मात्र काम सुरु गर्नुहोस् । • -त्रास र चिन्ता बढिरह्यो भने पनि मनमा अनावश्यक प्रतिक्रिया नजनाउनुहोस् । जहाँ बस्नुभएको छ, त्यही शान्त भएर श्वास प्रश्वास लिनुहोस् । • हत्केलालाई पेटमाथि राख्नुहोस् र केही सकेन्ड बिस्तारै र गहिरो श्वास लिनुहोस् (एक मिनेटमा १२ पटक भन्दा बढी श्वास नलिनुहोस्) । आधा घन्टा यस्तै गर्नुभयो भने तपार्इँको चिन्ता भाग्छ । -खराब कुरालाई पनि स्वागत गर्नुहोस् । सबै कुरा तपार्इँले सोचे जस्तो हुँदैन । किनकी जीवनमा घट्ने घटनाहरु परिवर्तन भइरहन्छन् । कुनै पनि कुरा लामो समय सम्म टिक्दैन र सबै क्षणिक हुन भन्ने मनन गर्नुहोस् । हरेक कुरालाई सकरात्मक रुपमा लिनुहोस् । सकरात्मक सोचाइले मात्र पनि तपाईँका अधिकांश चिन्ता अन्त्य हुन्छन् । -हरेक कुरामा पूर्णता नखोज्नुहोस् । उदाहरणको लागि तपाईँ कुनै पेसामा मानौँ चिकित्सक हुनुहुन्छ । तपाईले ‘यदि म संसारमा सबैभन्दा राम्रो चिकित्सक भइनँ भने जीवनमा बर्बाद हुन्छु’ भन्ने सोच छ भने अहिल्यै त्याग्नुहोस् । यसको अर्थ यो होइन कि तपाईँले केही नगर्नुहोस् । परिश्रम गर्नुहोस् तर परिणामको धेरै आशा नगर्नुहोस् । बढी महत्वाकांक्षी नहुनुहोस् । जीवनलाई सरल रुपमा लिनुहोस् । जीवन दुःख र सुःखको समिश्रण भएकोले जीवनमा पूर्णता खोज्नु असम्भव छ । खराब समय आइरहन्छ । यसलाई पनि स्वागत गर्न सिक्नुहोस् । • साह्रै चिन्ता बढेमा आँखा बन्द गर्नुहोस र सुरक्षित र शान्त ठाउँको कल्पना गर्नुहोस । समुन्द्रको किनारमा वा पाल्तु जनावरसँग खेलेको वा बाल्यकालको खुसीको क्षणको परिकल्पना गर्नुहोस् । अतितको खुसीमा रमाउन सिक्नुहोस् । अतितका रमाइला घटनाले पनि तपार्इँलाई शान्त र खुसी बनाउँछ । • आफूलाई परेको चिन्ता अरुलाई पनि सुनाउनुहोस् । आफ्नो नजिकको पार्टनर, साथी वा परिवारका सदस्यहरुलाई पनि दुःख बाँड्नुहोस । ‘सुःख बाँडे धेरै दुःख बाँडे थोर' भन्ने पश्चिमेली भनाईलाई पनि पालना गर्नुहोस् । यदि यसबाट पनि सम्भव नभए मनोचिकत्सकहरुले आयोजना गरेको काउन्सिलिङमा सहभागी हुनुहोस् । • राम्रो निन्द्रा, भोजन तथा व्यायामले पनि चिन्तालाई निको पार्छ । निदाउने समयमा चिन्ताले सताएमा बल गरेर निदाउने प्रयास नगर्नुहोस् । बेडबाट उठेर मनतातो पानी खानुहोस् । कतिपय मानिस मस्त निदाउनकै लागि सुत्ने समयमा मदिरा वा त्यस्तै औषधी खाने गर्छन् । तर, यसले स्वास्थ्मा नकरात्मक असर पार्छ । चिकित्सकको सल्लाहअनुसार मात्र निद्रा लाग्ने औषधी खानुहोस् ।